तपाईँ सुन्दै हुनुहुन्छः

शनिबार मेघ गर्जन,चट्याङसहित वर्षा सम्भावना

काठमाडौं । शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित वर्षाको सम्भावना छ ।

यस्तै राति देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मध्य र पूर्वी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानमा मेघ गर्जन–चट्टयांगको सम्भावना भएकोले सतर्कता अपनाउन मौसम विद्ले आग्रह गरेका छन् ।

्मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपास अवस्थित छ साथै उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्यूनचापीय प्रणाली रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button