तपाईँ सुन्दै हुनुहुन्छः

घर निर्माण गर्ने क्रममा लडेर एक मजदुरको मृत्यू

भक्तपुर ।  भक्तपुरमा नयाँ घर निर्माण गर्ने क्रममा एक मजदुरको ज्यान गएको छ ।

भक्तपुर नगरपालिका–७ ग्वाछे टोलस्थित गणेश सुवालको ४ तल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा लडेर मजदुरको ज्यान गएको हो ।
प्लाष्टर गर्ने क्रममा बाँसको खट भाचिएर लडेका दुई मजदुर मध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने बर्ष ५० को राजु अन्सारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

लडेर घाईते भएका दुवैलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा अन्सारीको मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटनाको खवर पाउँने बित्तिकै महानगरीय प्रहरी प्रभाग दरवार स्क्वायर भक्तपुरबाट खटिएको प्रहरी टोली घाईतेको उद्धार गरी उपचारको लागी भक्तपुर अस्पताल लगेको थियो ।

घट्नामा परेर गम्भिर घाईते भएका काभ्रे जिल्ला बनेपामा नै बस्ने बर्ष १८ को सहजात अन्सारीलाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौ रिफर गरिएको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button