तपाईँ सुन्दै हुनुहुन्छः

हरेक १० बालबालिकामध्ये आठजनालाई मुखसम्बन्धी स्वास्थ्यको समस्या : सर्वेक्षण 

मुम्बई- हरेक १० भारतीय बालबालिकामध्ये आठ जना मुखसम्बन्धी स्वास्थ्यका कारण प्रभावित हुने गरेका एक सर्वेक्षणले देखाएको छ ।

बिहीबार भारतको मुम्बईमा सार्बजनिक भएको कन्तार आइएमआरबी नामक बजार अनुसन्धानमुलक संस्थाले गरेको एक सर्वेक्षण रिपोर्टका अनुसार भारतीय बालबालिकामा मुखसम्बन्धी स्वास्थ्यको समस्या अत्यधिक पाइएको छ ।

“भारतीय बालबालिकामा मुखसम्बन्धी समस्या एक मुख्य समस्याका रूपमा रहेको र अधिकांश बालबालिकाका दाँतमा खिया, सेतो दाग, आँखाले सहजै देख्न सकिने सङ्क्रमणजन्य समस्या, गिँजा पाक्ने समस्या, सास गन्हाउने तथा गिँजाबाट रगत बग्ने समस्यालगायतबाट प्रभावित भएको पाइएको छ,” उक्त संस्थाले जारी गरेको रिपोर्टबारे एक विज्ञप्तिमा उल्लेख छ ।

“दाँतका छिद्र तथा मुखमा भेटिएका स्वास्थ्यसम्बन्धी समस्या खासगरी बालबालिकाको दूधे दाँतको सुरक्षामा दिइएको असावधानी तथा रेखदेखमा हुने कमजोरीका कारण हुने गरेको पाइएको छ,” भारतीय बालदन्त तथा दाँत रोग निधान समाजका सदस्य डा.मीनाक्षी एस. खेरले बताउनुभयो ।

कन्तार आइएमआरबीले गरेको सर्वेक्षणमा विभिन्न सामाजिक तथा आर्थिक अवस्थामा जीवन गुजार्दै आएका भिन्न भिन्न समुदायका २०३० वयस्क र १०८० बालबालिकामा गरिएको थियो । उक्त अध्ययनमा नयाँ दिल्ली, लखनऊ, मुम्बई, पुने, हाइद्रावाद, चेन्नई, वेन्गालुरू र कलकत्तासहितका १२ शहरमा गरिएको रिपोर्टमा उल्लेख छ ।

यसैगरी ७६ प्रतिशत बयस्क भारतीयहरूमा कि त दाँतको छिद्रमा सङ्क्रमण भइसकेको पाइएको वा सङ्क्रमणको सङ्केत देखिएको भेटियो भने ८९ प्रतिशतमा मुखजन्य सङ्क्रमणहरू भेटिएको रिपोर्टमा उल्लेख छ ।

“यसबाहेक अन्य धेरै वैज्ञानिक अध्ययनहरूले पनि बालबालिकामा कमजोर दाँत, दाँतको सङ्क्रमणलगायत मधुमेह, समय अवधि नै जन्म तथा कम तौलको समस्या हुने गरेको देखाएका छन्,” भारतीय दन्त जनस्वाथ्य समाजका अध्यक्ष डा. भि गोपीकृष्णले बताउनुभयो ।

पछिल्लो सर्वेक्षणले दाँत तथा मुखमा लाग्ने रोगको भयावहस्थितिलाई उजागर गरेको भन्दै यसप्रति चासो व्यक्त गर्नुभयो ।

अध्ययन भएका केही भारतीय शहरहरूमा नै बालबालिकाको मुखसम्बन्धी स्वास्थ्य समस्या देखिएको हो । अध्ययन रिपोर्ट अनुसार कलकत्तामा ९३ प्रतिशत, मुम्बईमा ९० प्रतिशत, हैद्रावादमा ८२ प्रतिशत, दिल्लीमा ७९ प्रतिशत, चेन्नईमा ६० प्रतिशत र बेङगालुरूमा ४६ प्रतिशत बालबालिकामा दन्तस्वास्थ्यसम्बन्धी समस्या देखिएको छ ।
रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button