तपाईँ सुन्दै हुनुहुन्छः

‘उद्योग खोल्ने वातावरण बन्दै गएको छ’

भुवन आचार्य । नेपालमा क्रमशः साना मझौला तथा ठूला उद्योग खोल्ने वातावरण बन्दै गएको विभिन्न क्षेत्रका व्यक्तिहरुले बताउनु भएको छ ।

नेपाल उद्योग परिसंघले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तरक्रिया वक्ताहरुले सरकारले उद्योग दर्ताका लागि एकै ठाँउबाट सेवा उपलब्ध गराउन थालेको र दर्ता प्रकया अनलाइन मार्फत नै हुने व्यस्थाले गर्दा सहज भएको बताउनु भयो ।

उद्योग विभागका महानिर्देशक कृष्णप्रसाद खरेलले उद्योग दर्ताका लागि सहज व्यवस्था गरेको भए पनि धैरेले त्यस्तो व्यवस्थाको बारेमा जानकारी नपाँउदा लाभ लिन नसकेको बताउनु भयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिह तामाङले साना तथा मझोला उद्योग निकट भविष्यमा स्थानीय तहमा नै दर्ता गर्ने व्यवस्था गरेकोले साना तथा मझौला उद्योग स्थापनामा थप सहज हुने बताउनु भयो ।

उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले नेपालमा व्यवसायिक ज्ञानको अभाव तथा उपलब्ध प्रविधिको प्रयोग नगर्ने कारणले पनि उद्योग स्थापनामा सेही समस्या जस्तो देखिए पनि आगामी दिनमा थप सहज हुने उल्लेख गर्नु भयो ।

कार्यक्रममा भूकम्प प्रभावित विभिन्न ३ जिल्लामा व्यवसाय गर्ने वातावरणका सम्बन्धमा गरिएको अध्ययनको निष्कर्ष प्रस्तुत गरी थप परिमार्जनका लागि समेत छलफल गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button