तपाईँ सुन्दै हुनुहुन्छः

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या तिन पुग्यो

मकवानपुर –  मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीमा भएको टाटा सुमो दुर्घटना मृत्यु हुनेको संख्या तीन जना पुगेको छ ।

सुमो दुर्घटनामा मृत्यु हुनेमा महोतरी जिल्ला माईस्थान गाउँपालिका वडा नम्बर ६ वस्ने ७० बर्षिय बिरसिंह वाईवा, सर्लाही वरथवा नगरपालिका वडा नम्बर ३ वस्ने ६० वर्षिय महेन्द्र सहनी र सर्लाहीका १ जना दश महिने शिशुु समरागी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार गर्न ल्याएपछी मृत्यु भएको हो । अरु ५ जना घाईते भएका छन् । हेटौंडा –काठमाडौँ छोटो दुरीको मार्ग अन्तरगत सर्लाहीबाट काठमाडौँ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नंबरको सुमो भीमफेदीमा दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा एक जनाको घटना स्थलमानै मृत्यु भएको हो भने अरु दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।

चिसापानीबाट सुमो ५० मिटर तल झर्दा दुर्घटना भएको र घाईतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button