तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय नागरिकबाट अपहरणमा परेकी ५ बर्षिय बालिकाको सकुशल उद्धार

बुटवल – भारतीय नागरिकबाट अपहरणमा परेकी ५ बर्षिय बालिकाको रुपन्देही प्रहरीले आज बिहान सकुशल उद्धार गरेको छ । प्रहरीले बालिका अपहरण गर्ने भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ ।

रुपन्देहीको शिद्धार्थनगर नगरपालिका वार्ड नं. ८ मा मासु पसल संचालन गर्दै आएका असफाक अहमद खान की ५ बर्षिय छोरी घरको आँगनमा खेल्दै गरेको अवस्थामा आज बिहान अपहरणमा परेकी थिइन् ।

प्रहरीले अपहरित बालिकाको रोहीणी गाउपालिका वार्ड नं. २ रोहिणी पुल नजिकको जंगलबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

अपहरणकारी जिल्ला महराजगन्ज थाना निच्लौल ग्राम मिठौराबजार भारत घर भई हाल जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वार्ड नं. ७ कोटिहवामा डेरा गरी बस्दै आएका पेन्टरको काम गर्ने २३ बर्षिय मनिष निगमलाई नियन्त्रण लिएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button