तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा करिब ७७ हजार जना स्वास्थ्य बिमामा आवद्ध

बर्दिया नेपाल सरकारद्धारा संचालन गरिएको स्वास्थ्य विमा कार्यक्रममा १८ हजार १ सय ४२ परिवारका जम्मा ७६ हजार ६ सय ८४ जना व्यक्ति विमित भएका छन् । विमित जनसंख्या मध्ये ४१ हजार ६ सय ३३ जना महिला र ३५ हजार ३५ जना पुरुष रहेका छन् ।

बर्दिया जिल्लामा आर्थिक वर्ष ०७४÷०७५ को असोज महिना देखि विमा कार्यक्रम संचालन र मंसिर ०१ गते देखि विमितहरुका लागि सेवा शुरु भएको थियो । हाल सम्म १ करोड ६३ लाख ४७ हजार ९ सय ४० रुपैयाँ विमा वापत प्रिमियम संकलन गरिएको कुरा विमा दर्ता अधिकारी रुपेश आचार्यले जानकारी गराउनुभयो ।

यस आर्थिक वर्षको भाद्र १ गतेदेखि लागु हुने गरी ७० वर्ष उमेर पुगेका बृद्धबृद्धा, एच.आई.भि एड्स संक्रमित, कुष्ठरोगी, रातो कार्ड प्राप्त गरेका असहाय अपाङ्ग र जटिल खालको क्षयरोगीका परिवारलाई नेपाल सरकारले निःशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ । उक्त घोषणा २०७६ बैशाख१ गते घोषणा गरिएको थियो ।

यस सम्बन्धित व्यक्ति तथा परिवारको लागि फारम भरि नामावली संकलन तथा दर्ता भईरहेको छ । उक्त संख्या करिब ८ हजार रहेको कुरा जिल्ला संयोजक रमेश आचार्यले बताउनुभयो । साथै यस आर्थिक वर्ष देखि विमा वापतको प्रिमियम रकम प्रति परिवार ३ हजार ५ सय रुपैयाँ र १ लाख सम्मको औषधी उपचार विमा सुविधा पाउने कुरा आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button