तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा

मेलम्ची – मेलम्ची खानेपानी आयोजना साइड कार्यलय वरपर प्रदर्शन गर्न निषेधित घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमा देवि चेमजोङले आज आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितहरुले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भूक्तनीको माग गर्दै प्रदर्शनमा उत्रेकाहरुलाई जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यलय,  मुहान,  सुरुङ एरियामा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै सथानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३(क) बमोजिम आज देखि अर्काे आदेश जारी नभएसम्म अम्बाथान,खानेपानी, ग्याल्थुम सुरुङ र सन्धिु सुरुङ जाने बाटोमा हुल दङगा र अशान्ति गर्ने उद्देश्यले ५ जना भन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

त्यस्तै अम्बाथान साईडमा पूर्व – सामसदायिक वन, पश्चिम– मेलम्ची खोलाको पहरो, उत्तर पार गाउँ जाने बाटो र दक्षिणमा तीम्ब् खोला वरपर २०० देखि ५०० मिटर आज ३ बजेदेखि अपहा्रन्न ५ बजेसम्म र भोली विहान १० बजेदेखि अपह्रान्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।

मेलम्ची खानेपानी सार्ईडमा पूर्वमा ईन्द्रवति खोलाको बगर पश्चिम श्री नं. २ जगदल गण, ब्यारेक कार्यलय, उत्तरमा परीचोक जाने बाटो र दक्षिणमा धितालवेशी चोक २०० देखि ५०० मिटर आज ३ बजेदेखि अपहा्रन्न ५ बजेसम्म र भोली विहान १० बजेदेखि अपह्रान्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।

ग्याल्थुम सुरुङ प्र्व भुसुने पाखो, पश्चिम ग्याल्थुम खोला, उत्तर लाभ गाउँ र दक्षिण खरभूजे चोक २०० देखि ५०० मिटर भोली विहान १० बजेदेखि अपह्रान्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।

ग्यालथुम सुरुङ जाने बाटोमा पूर्व थापाटोल लाभ गाउँ, पश्चिम साल्मेचोक, उत्तर चिलौने बस्ती र दक्षिण सन्धिुखोला २०० देखि ५०० मिटर भोली विहान १० बजेदेखि अपह्रान्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button