तपाईँ सुन्दै हुनुहुन्छः

सुमो दुर्घटना हुँदा शिशुको मृत्यु, आठजना यात्रु घाइते

मकवानपुर– मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा एकजना शिशुको मृत्यु भएको छ । सर्लाहीबाट काठमाण्डौँ जाँदै गरेको ना १ ज ३६४० नंबरको सुमो भीमफेदी गाउँपालिका वडा नंबर ६ जुडीखेतको चियानडाँडामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना यात्रु घाईते भएका छन् ।

मृत्यु हुनेमा १० महिने नावालिका समरागी माझी रहेको मकवानपुर प्रहरीले जनाएको छ । काठमाण्डौँ–हेटौँडा छोटो मार्ग अन्र्तगत जुडीखेतको चिहानडाँडाबाट सुमो १ सय मिटर तल झरेको हो ।

घाईते हुनेमा सर्लाही जिल्लाका जगरनाथ सहनी,राजकुमार दास, सुकदेव वाईवा, अनिता डिम्डुम, योगबहादुर डिम्डुम, महेन्द्र शाही रहेका छन् । त्यसैगरी सिन्धुलीका दलबहादुर हिम्डुम, महोत्तरीका बिरबहादुर वाईवा रहेका छन् । उनीहरुलाई उपचारको लागि हेटौँडा ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button