तपाईँ सुन्दै हुनुहुन्छः

उपसचिव र सहसचिवको खुल्ला प्रतियोगितामा सरकारी कर्मचारीले प्रतिष्पर्धा गर्न नपाउने

काठमाडौँ – संघीय निजामती सेवाका उपसचिव र सहसचिव पदको खुल्ला प्रतियोगितामा सरकारी कर्मचारीहरुले प्रतिष्पर्धा गर्न नपाउने विषयमा सांसदहरुबीच सहमति भएको छ ।

यो व्यवस्था अनुसार यदि खुल्ला प्रतियोगिताबाट उपसचिव र सहसचिव पदमा प्रतिष्पर्धा गर्न चाहने बहालवाला कर्मचारीहरुले पदबाट राजीनामा दिएपछि मात्रै प्रतिष्पर्धा गर्न पाउने छन् ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा उपसचिव वा सहसचिव सरहको पदमा विज्ञ विशेषज्ञका रुपमा लोकसेवा मार्फत प्रतिष्पर्धा गराएर कर्मचारी ल्याउन पाउने प्रावधान थप गर्ने विषयमा पनि सांसदहरुबीच सहमति भएको छ ।

यस्तै राजपत्राङ्कित तृतिय श्रेणी, द्वितीय श्रेणी र प्रथम श्रेणीमा १०/१० प्रतिशत कर्मचारी अन्तर तह प्रतियोगिता अर्थात् स्थानीय तह र प्रदेश तहमा रहेका कर्मचारीहरुले पनि प्रतिष्पर्धा गरेर संघमा आउन सक्ने व्यवस्थामा सहमति भएको छ ।

राजपत्र अनङ्कित चतुर्थ र राजपत्र अनङ्कित तृतीय श्रेणी खारेज हुने भएको छ भने राजपत्र अनंङ्कित प्रथम श्रेणीमा खुल्ला प्रतियोगिता र कार्य क्षमता मुल्याङकनबाट ५०/५० प्रतिशत प्रतिस्पर्धा गर्ने विषयमा सहमति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button