२०७८ साल कार्तिक ५ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखन विरूद्धको १३ औँ राष्ट्रिय दिवस

 सिर्जना / सरिता २०७६ भदौ २० गते १४:५३

काठमाडौँ – ‘सरकारको प्रतिबद्धता मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरूद्धको १३ औँ राष्ट्रिय दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

यस अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि सरकार गम्भीरताका साथ लागेको बताउनुभयो ।

गृहमन्त्री थापाले यस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको पनि जानकारी दिनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले गरिवी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढदै गएकोले समस्या समाधानका लागि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यकता औल्याउदैँ यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले मानव वेचविखन तथा ओसार पसार जस्ता कार्य सभ्य समाज निर्माणका लागि बाधक रहेको भन्दैँ यसको नियन्त्रणमा सम्वन्धित सवै पक्षबीच समन्वय, सहकार्य र एकबद्धता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मानव वेचविखन तथा ओसारप्रसार नियन्त्रणमा योगदान पु¥याएका विभिन्न संघ संस्था, प्रहरी, सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको थियो ।

सम्बन्धित