तपाईँ सुन्दै हुनुहुन्छः

जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति मुगाबेको निधन

काठमाडौं । जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको छ। उनी जिम्बाब्वे स्वतन्त्र भएपछि देशका प्रथम प्रधानमन्त्री बनेका थिए। पछि उनी राष्ट्रपति भए।

उनी केही समयदेखि बिरामी थिए र उनको सिङ्गापुरमा उपचार हुँदै थियो। परिवारले मुगाबेको मृत्यु भएको बीबीसीसँग पुष्टि गरेको छ।

सन् २०१५ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो। उनले तीन दशक देशमा शासन गरेका थिए। जिम्बाब्वेका शिक्षासचिवले मुगाबेको मृत्युमा शोक प्रकट गर्दै ट्वीट गरेका छन्।

मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेशियामा भएको थियो। तत्कालीन सरकारको आलोचना गरेकाले उनलाई सन् १९६४ मा मुद्दा नचलाई १० वर्षसम्म कारागारमा हालिएको थियो।बीबीसीबाट

प्रतिक्रिया राख्नुहोस्

Back to top button