तपाईँ सुन्दै हुनुहुन्छः

निजामती सेवा दिवस, पुरस्कारका लागि १ सय ५५ को नाम सिफारिस

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कारका लागि १ सय ५५ कर्मचारीको नाम सरकारसमक्ष सिफारिस गरेको छ । मन्त्रालयले विभिन्न निकायबाट सिफारिस भई आएका नाम छनोट समितिमा पठाएको हो ।‘हामीले विभिन्न मन्त्रालयबाट सिफारिस भएका नाम छनोट समितिमा पठाएका छौं,’ मन्त्रालयका प्रवक्ता भुपाल बरालले भनुभयो ।

मन्त्रालयले पठाएका नामलाई मुख्यसचिवको अध्यक्षतामा रहेको पुरस्कार छनोट समितिले अन्तिम रूप दिएर मन्त्रिपरिषद्समक्ष पेस गर्छ । सोही आधारमा सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवसको अवसरमा २२ भदौमा पुरस्कार प्रदान गर्ने गरेको छ ।

यस वर्ष पनि संघीय सरकारअन्तर्गत विभिन्न मन्त्रालय तथा निकायमा रहेर कार्यसम्पादन गर्दै आएका कर्मचारीलाई पुरस्कृत गर्ने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले बताएको छ ।

सरकारले सिफारिस भएकामध्येबाट १ जनालाई २ लाख राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, १ लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार र १० जनालाई र ५० हजार राशिको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय गर्नेछ ।

पछिल्ला केही वर्षयता सरकारले २ लाखको सर्वोत्कृष्ट पुरस्कार कुनै पनि कर्मचारीलाई प्रदान गर्न सकेको छैन । यसपटक पनि सो पुरस्कार कसैलाई नदिइने सम्भावना रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । गत वर्ष ४० जना मात्र पुरस्कृत भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button