तपाईँ सुन्दै हुनुहुन्छः

१६ किलो सुनसहित पक्राउ परेका गुरुङ कारागार चलान

काठमाडौँ  ।१६ किलो सुनसगएको साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका गोरखाको धार्चे गाउँपालिका–३ केरौँजाका धनकमल गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत गोरखाका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । “थुनछेक बहसपछि थुनामा राखेर कारवाही अघि बढाउन अदालतले दिएको आदेशानुसार उनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो”, जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले भन्नुभयो ।

केरौँजाका व्यवसायी गुरुङ ओढारमा आफैँले लुकाएर राखेको १६ किलो सुनसहित पक्राउ परेका थिए । सुन लुकाएर आफू अपहरणमा परेका भनी बेपत्ता भएका गुरुङको खोजतलास गर्दा सुन लुकाएर फरार भएको खुल्न आएपछि उनलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका गुरुङविरुद्ध राजश्व अनुसन्धान विभागले बुधबार मुख्य प्रतिवादी बनाउँदै जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको थियो । उनीविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले सुनसहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button