तपाईँ सुन्दै हुनुहुन्छः

माैसम पूर्वानुमान महाशाखाले निकाल्याे यस्ताे सूचना

काठमाडौं । शुक्रबार देशभरी आंशिकदेखि सामान्य बदली भइ थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षाको सम्भावना छ । साथै पश्चिमि र मध्य भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा भई पश्चिमि र मध्य भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मेघ गर्जन–चट्टयांगसहित वर्षाका साथै मध्य र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडि भू–भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने र नदिमा पानीको वहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपास रहेकाले अति नै सक्रिय छ । साथै उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्यूनचापीय प्रणाली बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button