तपाईँ सुन्दै हुनुहुन्छः

स्कुल र कलेजमा बम बिस्फाेट

सुनसरी । इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बम बिस्फोट भएको छ । । कलेज र स्कुलमा बिहीबार राति बम बिस्फोट भएको हो ।

कलेजको गेटमा र स्कूलको बाहिरको भागमा बिष्फोट भएको हो । प्रहरीले जनाएको छ प्रहरी नायव उपरीक्षक विनोद शर्माले कलेज र स्कुलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम बिस्फोट गराएको जानकारी दिनुभएको छ । बिष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

बासिन्दामा त्रास उत्पन्न गराएर चन्दा माग्ने उदेश्यले शिक्षण संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो । प्रहरी नायव उपरीक्षक शर्माका अनुसार इटहरीमा चन्दा असुल्ने विप्लव समूहका उठाउने नाइके केही दिनअघि पक्राउ परे थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button