तपाईँ सुन्दै हुनुहुन्छः

१९ वर्ष मुनिएको एसिया कप क्रिकेट : श्रीलंकासँग भिड्दै नेपाल

काठमाडौं । १९ वर्ष मुनिएको एसिया कप क्रिकेट प्रतियोगिता हिजोबाट श्रीलंकामा सुरु भएको छ ।

८ राष्ट्र सहभागी प्रतियोगिताको पहिलो खेलमा नेपालले आज आयोजक श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार आज बिहान सवा १० बजे सुरु हुनेछ ।

नेपालले आगामी आइतबार बंगलादेशसँग तथा मंगलबार यूएईसँग खेल्नेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली भदौ ७ देखि श्रीलंकामा अभ्यासरत थियो । नेपाल रहेको समूह ‘बी’ मा श्रीलंकासंगै बंगलादेश र युएई छन् ।

भदौ २८ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिनको खेलमा भारत र अफगानिस्तान विजयी भएका छन् । भारतले कुवेतमाथि र अफगानिस्तानले पाकिस्तानमाथि शानदार जित निकालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button