तपाईँ सुन्दै हुनुहुन्छः

४ थान हतियार, संचार मंत्रालय, गर्भनर लगायतको नक्कली छाप सहीत तीन जना पक्राउ

धनगढी २० भदौ । कैलालीको धनगढीबाट प्रहरीले हतियार कारोवारी, मिटर ब्याज असुली र ठगी धन्दा गर्ने गिरोहका तीन जनालाई चार थान हतियार, २ करोड ४५ लाख बराबरको ५७ थान चेक र सरकारी निकायको नक्कली छाप, सहित आज पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा केहि वेर अघि पत्रकार सम्मेलन गरी प्रहरीले घटनामा सलग्न कैलालीको धनगढी उपमहानगरपालिका ६ का संजय शमशेर जंग बहादुर राणा भनीने संजय राणा, कमल बिक र मकवानपुर आमभन्ज्याङ्ग घर भई हाल धनगढीमा बस्ने रुद्र प्रसाद अधिकारीलाई ४ थान पेस्तोल, (पेस्तोल १ थान, रिवल्भर १ थान कटुवा पेस्तोल २ थान), ७ राउण्ड गोली, सुनको गरगहना, सूचना प्रविधि तथा संचार मंत्रालय, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैक, मालपोत, नापी कार्यालय देखि स्थानीय तहका गरि ४१ थान नक्कली छाप, बिभिन्न ब्यक्तिका नामका काटिएका ५७ थान चेक र नेपाल राष्ट बैकको नक्कली ड्राफ्ट ३ थान सहित सार्वजनिक गरेको हो ।

कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले पक्राउ परेकाहरुबाट १८ करोड ३ लाख ६४ हजार बराबराको तमसुक २३ थान, २ करोड ४५ लाख २० हजार बराबरको ५७ थान चेक, नेपाल राष्ट्र बैकको १ अर्व ९० करोड बराबरको नक्कली ड्राफ्ट, बित्तिय कारोवारमा प्रयोग हुने कागजात ३६ थान, कैलाली जिल्ला अदालत, यातायात ब्यवस्था कार्यालय नगदी रसिद, टाफिक प्रहरीले प्रयोग गर्ने सामाग्री, बा २० च ४२२० नं को कार, से २ प ३१२४ नं को मोटरसाइकल, राणाका दुइटा नागरिकता सहित बिभिन्न कागजात बरामद गरिएको जानकारी दिनुभयो ।
उहाले पक्राउ परेकामाथी लामो निगरानीपछि जिल्ला प्रहरी कार्यालय र सिआईवीको टोलीले धनगढीको बोराडाडी स्थित भाडामा लिएको घरबाट ती सवै सामाग्री सहित तीनै जनालाई पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button