तपाईँ सुन्दै हुनुहुन्छः

डेंगु संक्रमणबाट सिन्धुपाल्चोकमा एकको मृत्यु

मेलम्ची । डेंगु संक्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका १२ भीमटारका ६५ वर्षिय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेंगु भएको भन्दै काठमाण्डौं लैजान सुझाएको थियो । परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पु¥याएको हो । अस्पतालले डेंगुकै संक्रमणबाट मृत्यु भएको प्रमाणित गरेको अस्पतालमा रहेका इन्द्रावती गाउँपालिका वडा नं. १२ का अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए ।

अस्पतालले दनुवारको मृत्यु डेंगुकै कारणले भएको प्रमाणित गरेपछि अहिले भीमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाउँवासीमा डेंगुको थप संक्रमण हुन सक्ने र त्यसलाई रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button