तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाडौँ  । प्रधानमन्त्री के.पी. शर्मा ओली आज दिउँसो स्वदेश फर्कनुहुने भएको छ ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा झण्डै २ हप्ता लामो उपचार पछि पूर्ण स्वास्थय लाभ गरी प्रधानमन्त्री ओली आज दिउसो १२ बजे थाइ एअरको उडानबाट स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न भन्दै नेकपाका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतम पनि सिंगापुर जानुभएको थियो । उहाँहरु पनि प्रधानमन्त्रीसँगै स्वदेश फर्कदै हुनुहुन्छ ।

यही भदौ ५ गते उपचारका लागि सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button