तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउने

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा विहिवार बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको बैठकमा सरकारले रोजगारदाताले श्रमिकलाई श्रम ऐनअनुसारको सेवा सुविधा उपलब्ध गराए/नगराएका बारे अनुगमन केन्द्रित गर्ने जनाउ दिएको हो ।

बैठकलाई सम्बोधन गर्दै श्रममन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक कार्यान्वयन भए/नभएको सुनिश्चित गर्न गम्भीर ढङ्गबाट अनुगमन गर्ने बताउनुभयो ।

ज्यालामा देखिएको असमानता गम्भीर विषय भएको उल्लेख गर्दै उहाँले महिला र पुरूषबीच ज्यालामा देखिने पारिश्रमिकसम्बन्धी विभेद अन्त्य गर्न सरकारले विशेष कदम चाल्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button