तपाईँ सुन्दै हुनुहुन्छः

‘हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायले प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ ।

समता फाउण्डेशनद्वारा आयोजित ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनको आज काठमान्डौमा उद्घाटन गर्नुहुदैं अध्यक्ष ‘प्रचण्ड’ ले हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले उपेक्षित, उत्पीडित दलित वर्ग विकास समिति खारेज गर्नु दलित हित विपरीत हुने भन्दै आपत्ति जनाउनुभयो ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायको अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button