तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिएको अभियोगमा ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन डिभिजन विभाग डिभिजन कार्यालय काठमाडौँ अन्तरगतको बोलपत्रमा निर्माण व्यवसायीसँग कुनै सुरक्षण बापत रकम समेत नराखी ‘बिड वण्ड’ जारी गरेको अभियोगमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चरिकोटका शाखा प्रबन्धक टीकाप्रसाद दुलालविरुद्ध ६ लाख, तत्कालीन प्रबन्धक नवराज खत्री र कर्जा इञ्चार्ज प्रह्लाद खड्काविरुद्ध १४ लाख ८१ हजार रुपैया भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको छ ।

आयोगले शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय काठमाडौँका तत्कालीन डिभिजन प्रमुख इञ्जिनीयर बुद्धिसागर थापाले निर्माण व्यवसायीसँग मिलेमतो गरी १२ लाख, ब्रह्मायणी निर्माण सेवाका प्रबन्ध निर्देशक उमेशकुमार भण्डारी र सोवर्ण निर्माण सेवाका सञ्चालक अर्जुनबहादुर थापाले बैंकका कर्मचारीलाई प्रभावमा पारेर नक्कली काम गराएको अभियोगमा ३० लाख २२ हजार रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको विज्ञप्ती मार्फत जनाएको छ ।

साविक दाँगपा गाविस तेह्रथुममा कार्यरत गाविस सचिव मणिप्रसाद राईले सामाजिक सुरक्षाभत्ता वितरणमा दुई लाखरुपैया भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरीएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button