तपाईँ सुन्दै हुनुहुन्छः

निजामती कर्मचारीको जिम्मेवारी र दायित्व थप गर्ने सहमति

तुलसी सापकोटा । संसदीय समितिमा छलफलमा रहेको निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती कर्मचारीको जिम्मेवारी र दायित्व थप गर्ने विषयमा सांसदहरु बीच सहमति भएको छ ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा निजामती कर्मचारीले सरकारी वा पदीय जिम्मेवारी तथा स्रोत साधनलाई निजी वा निहित स्वार्थका लागि उपयोग नगर्ने, कार्यालय समयमा व्यक्तिगत काममा समय व्यतित नगर्ने जस्ता जिम्मेवारी र दायित्व थप गर्ने विषयमा सांसदहरु सहमत हुनुभएको हो ।

सेवाग्राहीप्रति शिष्ट र समान किसिमको व्यवहार गर्ने तथा आधारभुत मानवीय मुल्य र मान्यताप्रति सम्मान गर्ने, संगठनले राखेको उद्देश्य र लक्ष्य हासिल गर्न तथा सुशासन कायम गरी कार्यालयको समग्र कार्यसम्पादनलाई उच्च पार्न निरन्तर प्रयत्नरत रहने विषय थप गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button