तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली भोलि स्वदेश फर्कनुहुने

काठमाडौँ – प्रधानमन्त्री के.पी. शर्मा ओली भोलि दिउँसो स्वदेश फर्कनुहुने भएको छ ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा झण्डै २ हप्ता लामो उपचार पछि पूर्ण स्वास्थय लाभ गरी प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्कन लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

यही भदौ ५ गते उपचारका लागि सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button