बालबिवाहमा संलग्न तीन जनालाई दुई महिना कैद
सल्यान – बालविवाह गर्ने र बाल विवाहमा संलग्न रहेको भन्दै जिल्ला अदालतले तीन जनालाई दुई महिना कैद र जनही दुई हजार जरिवानाको फैसला गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा न ४ पिपलनेटा निवासी १८ वर्षिया बेहुली, बेहुलीकी आमा र ६६ वर्षिय पण्डितलाई जिल्ला अदालतले फैसला गरेको हो ।
बेहुलाको उमेर नपुगेका कारण नाबालक रहेको भन्दै सफार्ई पाएको जिल्ला अदालत सल्यानका कर्मचारी हरि बहादुर राम्जाले जानकारी दिए । गत असार २७ गते बालविवाह भई रहेको स्थानीयले प्रहरीलाई खबर गरेपछि चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को उपदफा १ मा बालविवाह सम्बन्धी कसुर अन्तर्गत २० वर्ष उमेर नपुगी बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद र ३० हजार जरिवाना हुने उल्लेख गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्