काठमाडौं । किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपमा भाग लिन नेपाली महिला राष्ट्रिय फुटबल टोली विहिबार त्यसतर्फ प्रस्थान गरेको छ । नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ ।
नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ । भदौ २२ गते आयोजक किर्गिस्तानसँगै खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।
भदौ ९ मा उज्वेकिस्तानसँग खेलेपछि नेपालले त्यसको भोली पल्ट भदौ १० गते ताजिकिस्तानको सामना गर्नेछ ।
राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले उपाधिका लागि र त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।