तपाईँ सुन्दै हुनुहुन्छः

एएफसी फुटसलका लागि २५ खेलाडी छनोट

एएफसी फुटसल च्याम्पियनसका लागि २५ खेलाडी छनोट भएका छन् ।

पहिलो चरणमा ३७ खेलाडी बोलाएकोमा त्यसलाइ २५ मा झारीएको छ ।

इरानमा अक्टोबर २३ देखि २५ सम्म हुने च्याम्पियनसिप २०२० मा तुर्कीमिनिस्तानमा हुने प्रतियोगिताको छनोटका रुपमा रहेको छ । छनोट प्रतियोगितामा नेपाल उज्वेकिस्तान, ताजिकिस्तान, अफगानिस्तानको समुहमा रहेको छ ।

एन्फा फुटसल कमिटीले गठन गरेका ११ जना फुटसल प्रशिक्षकले पहिलो चरणमा ३७ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए । यसका लागि पाँच दिनसम्म देशभर छनोट प्रतियोगिता गरिएको थियो ।

यसका साथै कमिटीले विष्णु गुरुङ र गौरव बस्नेतलाई प्रशिक्षकका रुपमा छनोट गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button