तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची आयोजनामा मजदूर र प्रहरीबीच झडप, ६ राउण्ड अश्रुग्यास प्रहार

मेलम्ची – मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानिय मजदुर र प्रहरी बिच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पिडित र प्रहरी बिच झडप भएको हो ।

झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै हवाइ फाएर गरेको छ । पिडित र प्रहरी बिचको झडपमा २ जना प्रहरी र २ जना पिडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यलय हेलम्बुका प्रहरी निरिक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो ।

झडपमा प्रहरीबाट ६ राउण्ड अश्रु ग्यास तथा २ राउण्ड हवाइ फायर भएको छ भने पिडितले ढुँगा मुढा प्रहार गरेका छन् । आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधानमा ढुङ्गा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरेको प्रहरी निरिक्षक लामिछानेले जानकारी दिनुभयो ।

प्रहरीले तोकेको घेरा क्रसगर्न खाजेपछि आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो । त्यसैक्रममा आन्दोलनकारीहरुले एक्कासी ढुँगामुडा प्रहार गरेपछि प्रहरीले भिडलाई तित्तरबितर पार्नकालागि हवाइ फाएर र अश्रुग्यास प्रहार गरेको लामिछानेले बताउनुभयो । आयोजनाको बाँधमा नै पुगेर अवलोकन गर्ने भन्दै पिडितहरु अगाडि बढेपछि प्रहरीले रोकेको हो ।

मेलम्ची खानेपानि आयोजनाको मुहान अम्बाथानमा पुर्व कानुनमन्त्री एवम् प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी प्रदेश सभा सांसद लगाएतको टोलीसहित एकैपल्ट जाने भनिएता पनि आन्दोलन कारीले पर्खन नसक्ने भन्दै ढुँगा मुढा प्रहार गरेपछि घटनाले उग्ररुप लिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button