तपाईँ सुन्दै हुनुहुन्छः

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि क्षेत्रको भूमिका महत्वपूर्ण : कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोख्रेलले मुलुकले लिएको दिगो विकासको लक्ष्य पूरा गर्न जिम्मेबार नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

नेसनल विजनेश इनिसियटिभ (एनबीआई) ले आज काठमाडौंमा आयोजना गरेको तेस्रो रेस्पोन्सिवल जिनेस समिटको उद्घाटन गर्दै उहाँले मुलुकले लिएको दिगो विकासको लक्ष्य पूरा गर्न जिम्मेबार नीजि क्षेत्रको उदार र विवेकपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री पोख्रेलले दिगो विकासको लक्ष्य सन् २०२२ सम्म नेपाललाई विकासशील राष्ट्रमा पु¥याउने र सन् २०३० सम्ममा मुलुकलाई मध्यम आयका मुलुकको स्तरमा पुर्याउने लक्ष्यसँग जोडिएको बताउनुभयो ।

उहाँले मुलुकलाई दिगो विकास लक्ष्यमा पुर्याउन जिम्मेबार नीजि क्षेत्र सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

कार्यवाहक प्रधानमन्त्री पोख्रेलले मुलुकको आर्थिक सामाजिक विकासका लागि सरकारले लगानीमैत्री वातावरण बनाउने र त्यसका लागि प्रतिवद्धता समेत जनाउँदै आएको स्पष्ट पार्नुभयो ।

उहाँले दिगो विकास लक्ष्य केन्द्रित राष्ट्रिय महत्व र अन्तराष्ट्रिय चासोका विषय सम्मेलनमा छलफल गराउनु अत्यन्त राम्रो पक्ष भएको बताउनुभयो ।

सम्मेलनमा नेसनल विजनेश इनिसियटिभका अध्यक्ष पद्म ज्योतिले दिगो विकासको लक्ष्यमा सहयोग पुर्याउन जिम्मेबार नीजि क्षेत्रको भूमिका निर्वाह गर्दै विभिन्न व्यक्तिका ज्ञान सीप र अनुभव आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनको उद्घाटन सत्रमा अथिति वक्ताहरु युनको आवसीय संयोजक भ्यालेरी जुलियान्ड (Valerie Julliand) , काठमाडौं विश्वविद्यालयका उपमुलकपति प्रा.डा रामकुमार मकाजु श्रेष्ठ, संस्कृतिविद् सत्यमोहन जोशीले दिगो विकास लक्ष्यका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

आज र भोली २ दिनसम्म हुने सम्मेलनमा विभिन्न विषयमा ६४ जना बक्ताहरुले आफ्नो ज्ञान र अनुभवहरु आदान प्रदान गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button