तपाईँ सुन्दै हुनुहुन्छः

दलितलाई उच्च शिक्षा निःशुल्क हुनुपर्छ

काठमाडौं । समाजवादी पार्टी नेपाल संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले दलितलाई उच्च शिक्षा निःशुल्क हुनुपर्ने बताउनुभएको छ । बिहीबारबाट काठमाडौंमा शुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनमा बोल्दै निःशुल्क शिक्षाका लागि कानुन बनाउन सरकारसँग माग गर्नुभएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा.भट्टराईले दलित समूदायको अधिकार सुनिश्चित गर्न उनीहरूलाई शिक्षामा पहुँच पुर्याउनुपर्ने बताउनुभयो । उहाँले सुकुम्बासी दलितलाई तत्काल जमिनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

अध्यक्ष डा. भट्टराईले हिन्दु धर्मले जातपातको प्रथालाई प्राथमिकता दिएकाले पनि नेपालमा दलितमाथि हुने विभेद अन्त्य गर्न कठिन हुन पुगेको तर्क पनि गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button