२०७९ साल जेठ ८ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षाका लागि राष्ट्रिय परिचयपत्र चाहिन्छ : दाहाल

रेडियो नेपाल २०७६ भदौ १९ गते १३:३८

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, विकास र सुरक्षा सबै दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन रणनैतिक महत्व रहेको बताउनुभयको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय चितवनको बुधबार जिल्ला प्रशासन कार्यालय परिसरमा उद्घाटन गर्दै उनले राष्ट्रिय परिचयपत्र आम नेपालीका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र नहुँदा नागरिकले समस्या झेल्नुपरेको भन्दै उनले परिचयपत्र निर्माण गर्ने र वितरण गर्ने विषयमा दलहरु तथा सरकारका बीचमा पनि छलफल हुँदै आएको बताउनुभयो ।

उनले भने–‘अन्ततः आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु भएको छ ।’

ऐनका सम्बन्धमा प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पुगेकाले त्यहाँबाट पनि पारित हुने उनले विश्वास दिलाउनुभयो ।

सो अवसरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले परिचयपत्रमा दिइने ‘दश अंक’ व्यक्तिको परिचय भएको जानकारी दिनुभयो ।

पाँचथरबाट सुरु भएको परिचयपत्र वितरणको कार्य दोस्रो चरणमा चितवनसहित १५ जिल्लामा लागू भएको र चालू आर्थिक वर्षमा नै देशभर लागू हुने उनले बताउनुभयो ।

प्रजिअ जितेन्द्र बस्नेतले असार महिनाबाट परिचयपत्र निर्माणको काम सुरु भएको जानकारी दिनुभयो ।

कार्यालयको उद्घाटनपछि पूर्वप्रधानमन्त्री दाहाललेसमेत परिचयपत्रका लागि तस्वीर खिचाउने, बायोमेट्रिक गर्ने, आफ्नो विवरण कम्प्युटरमा दर्ता गर्ने काम गरेका थिए । रासस

सम्बन्धित