तपाईँ सुन्दै हुनुहुन्छः

झापामा लागुऔषधसहित तिन युवक पक्राउ

झापा – झापाको कमल गाउँपालिकास्थित केर्खा बजारबाट लागुऔषधीसहित प्रहरीले आज तिन जना युवालाई नियन्त्रणमा लिएको छ । लागुऔषधको विक्रि वितरण भइरहेको गोप्य सुराकीको आधारमा छापामार्दा प्रहरीले कमल गाउँपालिकाका काशिराम पोख्रेल, दमक नगरपालिकाका सपन सरदार र मोहमद समिरलाई नियन्त्रणमा लिएको प्रहरी चौकी केर्खाका ईन्चार्ज अशोक दर्नालले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका युवाको साथबाट २५ एम्पुल डाईजीपाम, २५ एम्पुल लुपिजेसिस र २५ एम्पुल फेनारागन बरामद भएको प्रहरी चौकी केर्खाले जनाएको छ । नियन्त्रणमा लिएका युवालाई लागुऔषधी ऐन कारवाही अगाडी बढाईने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button