तपाईँ सुन्दै हुनुहुन्छः

मनकामनाको केवलकार भदौ २२ गतेदेखि २६ गतेसम्म बन्द हुने

काठमाडौं । मनकामना दर्शन प्रा.लि.ले ५ दिनका लागि मनकामनाको केवलकार सेवा बन्द हुने जानकारी दिएको छ । बिहीबार सार्वजनिक सूचना निकालेर प्रा.लि.ले ५ दिन केवलकार बन्द हुने जानकारी दिएको हो । सार्वजनिक सूचनाका अनुसार यही भदौ २२ गतेदेखि २६ गतेसम्म केवलकार बन्द हुने छ । मर्मतका लागि बन्द गरिएको केवलकारको सेवा भदौ २७ गतेदेखि भने नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button