तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकभर डेंगुको महामारी,कृषिमन्त्री खनाललाई संक्रमण

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई  डेंगुको संक्रमण देखिएको छ । उनको हाल काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगू भएको आशंकामा उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको हो ।

यसैबीच डेंगुको परीक्षण गर्ने क्रममा अस्पतालका कर्मचारी र चिकित्सकहरुमा समेत डेंगुको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र कर्मचारी गरी १२ जनालाई डेंगु संक्रमण देखिएपछि उनीहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button