हिजो बढेको सुनको मूल्य आज घट्यो, हेर्नुहोस् तोलाको कति पुग्यो ?
काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ। हिजो प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ७३ हजार ४ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुन पनि १ सय रुपैयाँले घटेर प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्यमा भने परिबर्तन आएको छैन । आज चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्