ब्रेक्जिट विवाद : बेलायती प्रधानमन्त्रीको निर्वाचन प्रस्ताव अस्वीकृत
काठमाडौं, १९ भदौं – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले समयअगावै आमनिर्वाचन गर्न राखेको प्रस्ताव त्यहाँको हाउस अफ कमन्सले अस्वीकृत गरिदिएको छ ।
प्रधानमन्त्री पद सम्हालेको छोटो समयमा जोन्सनले व्यहोरेको यो दोस्रो ठूलो हार हो । मंगलबार मात्रै युरोपेली युनियनबाट विनासर्त बाहिरिने ९ब्रेक्जिट० नो–डील ब्रेक्जिट प्रस्ताव संसदमा फेल भएको थियो ।
बुधबार भएको ब्रेक्जिटलाई लिएर भएको निर्वाचनमा जोन्सनको पक्षमा ३०१ र विपक्षमा ३२८ सांसद् मत खसेको थियो । योसँगै जोन्सनले संसद्मा आफ्नो बहुमतसमेत गुमाउनुभएको छ ।
पार्टी परिवर्तन गर्दै सत्तारूढ कन्जर्भेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसनले संसद्मा बहुमत गुमाउनुभएको हो ।
ब्रेक्जिट प्रस्ताव र आफ्नो बहुमतमा लागेको धक्काबाट बिचलित जोन्सनले आउँदो अक्टुबर १५ मा आमनिर्वाचन गर्ने प्रस्ताव संसद्मा लग्नुभएको थियो ।
बीबीसीका अनुसार, प्रस्ताव पारितका लागि दुई तिहाइ अर्थात् ४३४ मत आवश्यक रहेपनि उहाँलाई २९८ मत मात्र प्राप्त भयो ।
प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गर्नुभएको थियो ।
बुधवार नै ब्रेक्जिट विलम्ब गर्नुपर्ने प्रस्ताव गरिएको विधेयक पहिलो मतदान प्रक्रियाबाट पारित भएको थियो। प्रधानमन्त्री जोनसनले उक्त विधेयकलाई आत्मसमर्पण गराउने विधेयकको सङ्ज्ञा दिनुभएको छ ।
उक्त विधेयकको पक्षमा ३३० मत र विपक्षमा ३०० मत खसेको थियो। पूर्वनिर्धारित समयतालिका अनुसार ब्रिटेनले अक्टोबर ३१ तारिखमा युरोपेली सङ्घ छाड्नुपर्ने छ ।
मतदानमा ब्रेक्जिट नीति पराजितभएसँगै , निर्वाचनको प्रस्ताव गरेका प्रधानमन्त्री जोनसन सो प्रस्ताव पनि अस्विृकत भएसँगै अप्ठेरोमा पर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्