तपाईँ सुन्दै हुनुहुन्छः

आज कुवेतलाई रोक्ने नेपालको यस्तो छ रणनीति

काठमाडौं । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिष्पर्धा गर्न लागेको हो ।विश्वकप छनौटको एसियाली समूह ‘बी’मा रहेको नेपालले कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेईसँग खेल्नेछ ।

नेपाली समय अनुसार आज राति पौने ११ बजे नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दै छ । फिफा वरियतामा नेपाल एसियाको शीर्ष ३४ भित्र परेकाले सिधै दोस्रो चरणमा प्रतिष्पर्धा गर्न लागेको हो ।

पहिलो खेल नेपालमै खेल्नुपर्ने भए पनि दशरथ रङ्गशाला पुनर्निर्माणको चरणमा रहेकाले नेपालले होम गेमको सट्टा पहिला कुवतेसँग अवे खेल खेल्न लागेको हो ।

नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । दुई देशबीच अहिलेसम्म भएका ६ वटा खेलमध्ये ५ खेलमा कुवेत विजयी हुँदा एक खेल बराबरीमा साकिएको छ । यी ६ खेलमा नेपालले कुवेतसँग २२ गोल खाएको छ भने एक गोल मात्रै गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button