तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको कडाइसँगै म्यानपावर कम्पनीको संख्या घट्यो (सूचीसहित)

काठमाडौं । सरकारले कडाइ गरेसँग म्यानपावर कम्पनीहरुको संख्या पनि ह्वातै घटेको छ । वैदेशिक रोजगार व्यावसाय गर्ने कम्पनीको धरौटीबाट ११ अर्ब २५ करोड रुपेयाँ राजश्व संकलन भएको छ । सरकारले मेनपावरको धरौटी बढाएर त्यसवापतको रकम जम्मा गरेको हो ।

विभागका सूचना अधिकारी भोलानाथ गुरागाईले ती कम्पनीको धरौटी बढाउँदा उल्लेखित रकम संकलन भएको जानकारी दिनुभयो ।सरकारले धरौटी रकम बुझाउन दिएको अन्तिम म्याद बुधबारसम्म ८४८ म्यानपावरले न्यूनतम धरौटी जम्मा गरेका हुन् । ३०३ वटा म्यानपावर कम्पनी आपसमा गाभिएर एक १३१ वटा बनेका छन् । इजाजतपत्र लिएकामध्ये ३०३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले खारेज भएका छन् ।

१५ सयभन्दा बढी म्यानपावर दर्ता भएकामा अब ८४८ म्यानपावर कम्पनीले मात्रै सरकारले अनुमति दिएको गन्तव्य देशमा कामदार पठाउन पाउने छन् ।

सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गर्दै वार्षिक ३  हजारसम्म कामदार पठाउने वैदेशिक रोजगार कम्पनीले ५० लाख र डेढ बैंक ग्यारेन्टी डेढ करोड  गरी दुई करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेकाे छ ।

 

हेर्नुस् म्यापावरको सूची

प्रतिक्रिया राख्नुहोस्

Back to top button