तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा सवारी दुर्घटना, ३ नेपालीको मृत्यु

काठमाडौँ । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको छ ।

मंगलबार स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्।

घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घाइते भएका छन्। प्रभासको अवस्था स्थिर छ भने बालिकाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो ।

गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो । ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button