तपाईँ सुन्दै हुनुहुन्छः

सर्पले डस्दा बालिकाको मृत्यु

तुलसीपुर-दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । बस दुर्घटनामा छ जना घाइते रुपन्देहीबाट दाङ आउँदै गरेको लु१ख ८४५९ नंको बस गए राति राप्ती गाउँपालिका–१ पाखापनीमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार सल्यानको बागचौर नगरपालिका–१२ का १९ वर्षीया गीता केसी र लमही नगरपालिका–१ का ४५ वर्षीया गीता कुमाल गम्भीर घाइते छन् । बस सडकका खाल्डाखुल्डीका कारण दुर्घटनामा परेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button