तपाईँ सुन्दै हुनुहुन्छः

एटिएम ह्याक प्रकरण अध्ययनका लागि विदेशी टोली नेपालमा

काठमाडौं । एटीएम प्रणाली ह्याक गरेर विभिन्न बैंकबाट रकम चोरीको घटना अध्ययन गर्न विदेशी विज्ञको टोली नेपाल आएको छ । अध्ययनका लागि सिङगापुरबाट बुधबार राति फरेन्सिक भनिने टोली नेपाल आएको हो ।

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को आग्रहका विज्ञहरुको उक्तटोली नेपाल आएको हो । टोलीले आज (बिहीबार)देखि काम थाल्ने छ ।
नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणप्रकाश क्षेत्रीका अनुशार फरेन्सिक टोलीले दुईजनाको उक्त टोली ३ र ४ दिनसम्म नेपालमा बसी अध्ययन गर्नेछ । टोलीले अध्ययनका क्रममा केही नयाँ भेटाए त्यसको ‘ल्याब टेस्ट’ का लागि सिंगापुर पठाइने छ । टोलीले एटीएमबाट पैसा चोरीको घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको छ पत्ता लगाउने छ ।
घटनाको अध्ययन गर्न आजै (विहिवार) विद्युतीय सेवा प्रदायक कम्पनी ‘भिसा’ बाट पनि टोली नेपाल आउने छ । फरेन्सिक र भिसा दुवै टोलीको अध्ययन पनि घटनाको वास्तविक सत्य तथ्य पत्ता लाग्ने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताउनु भयो ।

घटनाको अध्ययन गर्न राष्ट्र बैंकले भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मिश्रको संयोजकत्वका एक समिति समेत गठन गरेको थियो ।
समितिले बुधबार नै प्रतिवेदन बुझाए सकेको छ ।

यसैबीच बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्दै आएको विद्युतीय भुक्तानी प्रणाली (सूचना प्रणाली) सम्बन्धी नीति नियम परिमार्जन गरिने भएको छ ।

विभिन्न किसिमका बैंकिङ अपराध बढ्दै गएपछि राष्ट्र बैंकले सो सम्बन्धी विद्यमान नीति निर्देशन परिमार्जन गर्न लागेको हो ।
एटीएमबाट पैसा चोरीको घटनापछि नेप्सको प्रणालीमा आबद्ध बैंकहरूका एटीएम कार्ड अर्को बैंकको एटीएममा चलेका छैनन् । सुरक्षाका लागि भन्दै नेप्से उक्त सेवा रोकेको हो । राष्ट्र बैंकले गठन गरेको समितिले पैसा चोरीको घटना यथाशीध्र समाधान गरी ‘क्रस एटीएम’ सेवा सुरु गर्न सुझाव दिएको छ ।
शनिबारको घटनामा विभिन्न १३ वटा बैंकको एटीएमबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

विभिन्न ९ वटा बैंकको एटीएम कार्डमार्फत १३ वटा बैंकको एटीएम मेसिनमार्फत उक्त रकम चोरी भएको हो । यो रकम नेपाल र भारतको एटीएमबाट चोरी भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार नेपालबाट १ करोड ८९ लाख र भारतबाट १ करोड ६९ लाख रुपैयाँ चोरी भएको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button