तपाईँ सुन्दै हुनुहुन्छः

केयूका प्राध्यापक र कर्मचारी आन्दोलन : पटक पटकको वार्ता निश्कर्षमा पुग्न सकेन

काभ्रे ।  काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारीले विभिन्न माग राखी उपकूपति, रजिष्टार र डिनको कार्यालयमा लगाएको ताला चार साता वित्दासमेत खुलेको छैन ।

विश्वविद्यालयमा भइरहेको नीतिगत भ्रष्टाचार छानविन गर्नुपर्ने लगायतका माग राखी प्राध्यापकहरु तालावन्दी गरी आन्दोलनमा उत्रिरहेका बेला कर्मचारीहरु पनि थपिएपछि तालावन्दी खोल्न थालिएको बार्ता निश्कर्षमा पुग्न नसकेको हो । आन्दोलनरत प्राध्यापक र कर्मचारीसँग बार्ता गर्न गठित समितिले औपचारिक र अनौपचारिक गरी धेरै पटक वार्ता गरे पनि निश्कर्षमा पुग्न नसकेको वार्ता समितिका सदस्य मुकुन्दप्रसाद शर्मा उपाध्यायले बताउनुभयो ।

प्राध्यापक र कर्मचारी प्रतिनिधिसँग आइतवारदेखि हरेक दिनजसो बार्ता भइरहे पनि निश्कर्षमा पुग्न नसकेकाले विहीवार निर्णायक वार्ताको तयारी भइरहेको पनि उपाध्यायले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button