तपाईँ सुन्दै हुनुहुन्छः

पुबुदु दसानाय नेपाल आउने : नेपाली क्रिक्रेटप्रेमी उत्साहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायके पुनः नेपाल आउने विषयले नेपाली क्रिकेट एकपटक फेरि तात्तिएको छ ।

हुुन त राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायके एउटा क्लबको प्रमुख प्रशिक्षकका रुपमा केही समयका लागि नेपाल आउन लागेका हुन । यद्यपि, नेपाली खेलाडी, क्रिकेटकर्मी र शुभचिन्तक सबैलाई यो समाचारले उत्साह थपेको छ ।

अमेरिकाको मुख्य प्रशिक्षकबाट हालै राजिनामा दिएका पुबुदु एभरेष्ट प्रिमियर लिग (ईपीएल) टिम भैरहवा ग्लाडीयटर्सको मुख्य प्रशिक्षक भएर नेपाल आउने भैरहवा ग्लाडीयटर्सले जनाएको छ ।

नेपालले विश्व क्रिकेट लिग डिभिज–४ र डिभिजन–३ को उपाधि जित्दै डिभिजन २ को यात्रा गर्दा पुबुदु मुख्य प्रशिक्षक रहेका थिए । श्रीलंकन मुलका क्यानेडीयन प्रशिक्षक पुबुदु नेपालले सन् २०१४ मा टी–ट्वान्टी विश्वकप खेल्दा टिमको मुख्य प्रशिक्षक हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button