तपाईँ सुन्दै हुनुहुन्छः

सागको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षणमा जुट्दै

काठमाडौं ।  आसन्न १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि छनोट भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक खेलाडी बन्द प्रशिक्षणमा सहभागी भएका छन् । आयोजक नेपालले सागमा क्रिकेट खेल पनि समावेश गरेको छ ।

छनोट समितिले सागको तयारीका लागि युवा र सिनियर दुवै खेलाडी समावेश गरी प्रशिक्षण सुरु गरेको हो । आउँदो सेप्टेम्बरमा बस्ने दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले सागमा सिनियर वा यू–२३ खेलाडीले प्रतिस्पर्धा गर्ने भन्ने निर्णय गर्ने भएकाले युवा र सिनियर दुवै खेलाडी समावेश गरी प्रशिक्षण सुरु गरिएको हो ।

छनोटमा परेका खेलाडीहरुमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, सौभर खनाल, सुनिल धमला, ललितसिंह भण्डारी, विक्रम सोब, ईशान पाण्डे, मोहमद आरिफ सेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रीत गौतम, किशोर महतो, मोहमद आसिफ सेख, सुसन भारी, अनिलकुमार शाह, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल, साहब आलम रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button