तपाईँ सुन्दै हुनुहुन्छः

यू–१९ एसिया कप क्रिकेट आजदेखि श्रीलंकामा सुरु,

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल–एसिसी १९ वर्ष मूनिका एसिया कप क्रिकेट आजदेखि श्रीलंकामा सुरु भएको छ । प्र्रतियोगिता अन्तर्गत् पहिलो चरणमा समूह ‘बी’मा रहेको नेपालले श्रीलंका, बंगलादेश र यूएईको सामना गर्ने छ ।

नेपालले आफ्नो पहिलो खेल भोलि श्रीलंकासँग खेल्ने छ । एसिसी यू–१९ एसिया कपको यो आठौँ संस्करण हो ।
समूह ‘ए’मा भने भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन्।

इो प्रतियोगिताको सन् २०१७ को संस्करणको समूहगत चरणमा नेपालले भारतलाई १९ रनले हराएको थियो । भारत प्रतियोगिताको इतिहासमा फाइनल पुग्न नसकेको संस्करण त्यही एकमात्र थियो। हेइन भने उसले बाँकी ७ वटै संस्करणको उपाधि उचालेको छ । एकपटक भने भारत र पाकिस्तान संयुक्त विजेता बनेका थिए ।

प्रतियोगितामा श्रीलंकाले चारपटक फाइनल पुगेर पनि सबै पटक उपविजेतामै चित्त बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button