तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले दोश्रो चरणको जागरण अभियान सञ्चालन गर्ने

सुरेन्द्रमणि त्रिपाठी । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले दोस्रो चरणको जागरण अभियानमा पार्टी गाउँ गाउँ टोल टोलसम्म पुग्ने बताउनुभयो ।

सहमहामन्त्री डा.महतले आगामी आम निर्वाचनमा विदेशमा रहेका नेपालीले समेत मतदान गर्न पाउने गरी तयारी गर्न काँग्रेसले सरकारको ध्यानाकृष्ट गराएको बताउनुभयो ।

तराई मधेश आदिबासी जनजाति लगायतसँग जोडिएको संविधान संशोधनको पक्षमा नेपाली काँग्रेस दृढ रहेको पनि पत्रकार सम्मेलनमा डा. महतले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button