तपाईँ सुन्दै हुनुहुन्छः

पशुवली बन्द गर्न सचेतना कार्यक्रम

सिकेन्द्र पासवान, बारा । गढीमाई मन्दिर लगायत नेपालमा बिभिन्न धार्मिक स्थलमा हुने पशुवली बन्द गर्नका लागि सचेतना कार्यक्रम कलैया उपमहानगरपालिका वडा नम्बर २० बस्तपुरमा बुधवार सम्पन्न भएको छ ।

पशु कल्याण संघ नेपालको सहयोगमा र बारा महिला बिकास मञ्चको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको छ । आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व सहायक मन्त्री कलावती पासवान गढीमाई मन्दिरमा बली नचढाई फलफुल चढाउन सबैलाई आग्रह गर्नुभयो । पशुलाई हिंसा गर्न नहुनेमा पुर्व सहायक मन्त्री पासवानले भन्नुभयो । कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नमबर २० का वडा अध्यक्ष एमामुदिन मिया लगायतले आफनो बिचार ब्यतm गर्नुभएको थियो । अमवामा १ सय र बस्तपुरमा १ सय ७५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button