तपाईँ सुन्दै हुनुहुन्छः

डल्फिन संरक्षण गर्न महोत्सव   

घोडाघोडी – विश्वमै दुर्लभ डल्फिन संरक्षण गर्न कैलालीमा महोत्सव हुने भएको छ । यही भदौ २८ गतेदेखि ३० गतेसम्म कैलाली होटल व्यवसायी सङ्घको आयोजनामा टीकापुरमा महोत्सवको आयोजना गर्न लागिएको हो ।

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा देखिने डल्फिनको संरक्षण गर्न महोत्सवको आयोजना गर्न लागिएको कैलाली होटल व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिनुभयो ।

‘डल्फिन संरक्षण संवद्र्धन तथा पहिचान, पर्यटन विकासको अभियान’ भन्ने नाराका साथ तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा डल्फिन अवलोकन गर्न पाइने, कर्णाली नदीमा जलयात्राको व्यवस्था र स्थानीय संस्कृति झल्कने प्रस्तुति गरिने जनाइएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button