तपाईँ सुन्दै हुनुहुन्छः

विस्फोटनमा परी भारतमा ९ को मृत्यु

काठमाण्डौ । भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनामा परेका अरू ५० जना भन्दा बढी भयभीत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चारमाध्यमहरुले बुधबार उल्लेख गरेका छन् ।

पञ्जावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको हो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाउने प्रयास गरेका थिए । घटनाका बारेमा पर्याप्त विवरण आउन भने बाँकी नै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button